GBIME

७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स

1.82K
shares

काठमाडौं, ११ मंसिर । लघुबीमा व्यवसाय गर्नका लागि ७ वटा कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणमा आवेदन दिएका ३१ वटा कम्पनीमध्येबाट ७ वटा कम्पनी छनोट गरिएको हो ।

प्राधिकरणले जीवन बीमा तर्फ ३ र निर्जीवन लघुबीमाका लागि ४ वटा कम्पनी छनोट भएका हुन् । प्राधिकरणले सार्वजनिक गरेको लघु जीवन बीमा ब्यवसाय तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाएका छन् । त्यस्तै, लघु निर्जिवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स पाउने कम्पनीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लाइसेन्स प्राप्त गरेका छन् ।