अझै भेटिएन एनएमबि बैंकबाट लुटिएको पैसा, कहाँ पुग्यो अनुसन्धान ?
वि.सं.२०८० जेठ २० शनिवार १०:११
shares

काठमाडौं, २० जेठ । गत १६ गते मध्यान्नमा एनएमबि बैंकको बर्दिबास शाखाबाट पैसा लुटिएकोे थियो । पैसा लुटिएको आज ४ दिन हुँदा पनि पैसा कसले लुटेको थियो भन्ने कुरा पत्ता लागेको छैन ।
दिन दहाडै हात हतियार देखाएर कर्मचारीलाई धम्काउँदै पैसा लुटेको सिसिटिभि फुटेज बाहिरिँदा पनि नेपाल प्रहरीले लुटेरा पत्ता लगाउन सकेको छैन ।
महोत्तरी जिल्लाका प्रहरी उपरिक्षक डिएसपी दिपक गिरीले उक्त घटनाको लुुटेरा पत्ता अनुसन्धान जारी रहेको बताए । उनले भने,‘ हामी अनुसन्धान मै छौं तर पनि अहिलेसम्म यसले लुट्यो भनेर भन्न सकिने डाटा हामीले फेला पारेका छैनौं । जतिसक्दो चाँडो लुटेरा पत्ता लगाउँने छौं ।’
लुटेराहरुले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेका थिए । डिएसपी गिरीले छिट्टै लुटेरा पत्ता लगाएर सार्वजनिक गर्ने बताएका छन् ।


















