भारतको उडिसामा भयानक रेल दुर्घटनामा २३३ को मृत्यू, ९०० घाइते
वि.सं.२०८० जेठ २० शनिवार ०९:५३
shares

काठमाडौं, २० जेठ । भारतको उडिसा राज्यमा भएको भयानक रेल दुर्घटनामा परी २३३ यात्रुको मृत्यू भएको छ । दुर्घटनामा नौ सयभन्दा धेरै यात्रु घाइते भएका छन् ।
द हिन्दुस्तान टाइम्सले जनाए अनुसार दुर्घटनामा परी घाइतेहरुको उद्धारकार शनिबार बिहानसम्म पनि जारी छ । उडिसा सरकारले दुर्घटनामा परेकाहरुको उद्धार कार्यमा खटिन मातहतका निकायलाई निर्देशन दिइसकेको छ भने, शनिबारको सबै सार्वजनिक कार्यक्रम रद्ध गरेको छ । दुर्घटनाको अवलोकन गर्न वेष्ट बंगालका मुख्यमन्त्री ममता बेनर्जी शनिबार नै घटनास्थल जाने कार्यक्रम छ ।
द हिस्दुस्तान टाइम्सका अनुसार कोरोमण्डेल एक्सप्रेस उडिसाको बालासोर जिल्लामा मालबहाक रेलसँग ठोक्किएको थयो । त्यसपछि रेलको डिब्बा लिकबाट उछिट्टिएको थियो । डिब्बामा बिपरित दिशाबाट आउँदै गरेको बेङ्लुर–हवारह सुपरफाष्ट एक्सप्रेस ठोक्किएको थियो ।


















