Dhulikhel Eco Banner new

लघुवित्त वित्तीय संस्था विरुद्ध निरन्तर आन्दोलन : घेरा तोडेर संसद भवन पुगेका १७ जना पक्राउ

13.04K
shares

काठमाडौं, १० साउन । लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।

उनले भने ‘हामी लगातार आन्दोलनमा छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी सडकमै हुन्छौं । हाम्रो १७ जना साथीहरु हिरासतमा छन् । हाम्रो मागहरु सम्बोधन हुनुपर्छ ।’

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा दुव्र्यवहार गर्नेलाई कारबाही गर जस्ता मागहरु रहेका छन् ।