Dhulikhel Eco Banner new

निर्वाचन खर्च विवरण पुस मै आयोगमा बुझाएको सांसद विनोद चौधरीको दावी

4.69K
shares

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचन आयोगलाई निर्वाचन खर्चको विवरण बुझाइसकेको दावी गरेका छन् । निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचीमा उनको नाम पनि समावेश भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचिमा आफ्नो नाम पनि उल्लेख गरेकोप्रति आफ्नो गभ्मिर ध्यानाकर्षण भएको समेत बताएका छन् । स्टाटसमार्फत उनले २०७९ पुस ४ गते नै निर्वाचन आयोगमा बुझाएको र त्यस विवरणको दर्ता नंम्बर १०९९ रहेको समेत जनाए ।

सांसद चौधरीले आफ्नो फेसबुकमा लेखेका छन्,‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचिमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भए लगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १०९९ रहेको छ । तसर्थ, उक्त सूचिबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराईदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’

Follow Up

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?