शेयर बजारमा गिरावट, कारोबार रकम २ अर्ब ४३ करोड
वि.सं.२०८० साउन १० बुधवार १५:०७
5.08K
shares
shares

काठमाडौं, १० साउन । साताको कारोबरको चौथो दिन आज शेयर बजारमा गिरावट आएको छ । आज ८ दशमलव ११ अंकले गिरावट आएको शेयर बजार परिसूचक २१५६ दशमलव २० विन्दुमा पुगेको छ ।
बुधबार २६० कम्पनीका ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७५९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज २ दशमलव ०५ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४०९ दशमलव ११ विन्दुमा पुगेको छ ।



















