Dhulikhel Eco Banner new

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता

5.02K
shares

काठमाडौं, २८ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमा बीच दुई बैंक एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता भएको हो ।

दुई बैंकबीच १०० बराबर ९० रुपैयाँको अनुपातमा गाभिने सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको सय कित्ता बराबर मेगा बैंकको ९० कित्ता शेयर कायम हुनेगरी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुने सहमति भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत हाल नेपाल इन्भेष्टमेन्टका वर्तमान सीइओ ज्योतिप्रकाश पाण्डे हुनेछन ।