Dhulikhel Eco Banner new

नेपाली रुपैयाँ इतिहासकै कमजोर, डलरको मूल्यमा नयाँ रेकर्ड

8.78K
shares

काठमाडौं, ३१ जेठ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको बिनियमदर अनुसार एक अमेरिकी डलर बराबर नेपाली १२५ रुपैयाँ १६ पैसा पुगेको हो ।

पछिल्लो समय दैनिक रुपमा डलरको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार समेत नयाँ रेकर्ड कायम गरेको डरलको मूल्यले त्यो रेकर्डलाई मंगलबार नै तोडेको हो । राष्ट्र बैंकका अनुसार मंगलबार डलरको मूल्य ३३ पैसाले बढेर १२५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च गतिमा बढी रहेको जनाइएको छ । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर बनेको र त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको बताइएको छ । किनभने भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ स्वत कमजोर बन्छ ।

अहिलेको अवस्थामा नेपालीले डलर साट्नु परेको खण्डमा एक डलर साट्नका लागि १२५ रुपैयाँ १६ पैसा खर्च गर्नु पर्ने भएको छ । डलरको भाउ महंगिदै जाँदा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा महंगी झन बढ्ने अर्थविद्धहरुले बताउने गरेका छन् । डलरको मूल्य बढ्दा निर्यातमुखी अर्थतन्त्र भएका देशहरुलाई मात्रै फाइदा पुग्ने अर्थविद डा. चन्द्रमणी अधिकारीले बताएका छन् ।