Dhulikhel Eco Banner new

सान्भि इनर्जीको आईपीओ आवेदन दिने शुक्रवार अन्तिम दिन

2.13K
shares

काठमाडौं, १९ वैशाख । सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै निष्कासन गरेको पहिलो चरणको आईपीओमा शुक्रवार बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी प्रतिकित्ता १ सयको दरमा कुल ३७ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गर्दै आएको छ । जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि तथा २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

स्थानीय शेयरका लागि आवेदन दिने योग्य क्षेत्रहरूमा इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालिका–१, ३ र ४ तथा सूर्योदय नगरपालिका–१० र ११ का स्थायी बासिन्दा रहेका छन् ।

आवेदकले कम्तीमा १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म शेयरको लागि आवेदन दिन सक्नेछन् । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

पहिलो चरणको शेयर बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २६ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।