Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा बढ्यो, हेर्नुस् अन्य सूचक कस्तो ?

3.52K
shares

काठमाडौं, २१ वैशाख । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोडभन्दा बढी खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतभन्दा बढीले वृद्धि हो।

गत वर्ष सोही अवधिमा कम्पनीले १० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफामा उल्लेखनीय वृद्धि भएपछि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २३ रुपैयाँ १० पैसाबाट बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ४४ करोड ६१ लाख रुपैयाँ रहेको ब्याज आम्दानी चालू वर्षमा करिब ५४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १५ करोड ३२ लाख रुपैयाँबाट बढेर करिब साढे २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

ग्लोबल आइएमई लघुवित्तको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब ६३ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस अवधिसम्म कम्पनीको कुल वितरणयोग्य नाफा ९लाभांश क्षमता० ८ करोड ८७ लाख रुपैयाँ रहेको छ। यद्यपि कम्पनीको निष्क्रिय कर्जा अनुपात (एनपीए) भने ४.४८ प्रतिशतमा रहेको छ