Dhulikhel Eco Banner new

साउनमा वाणिज्य बैंकहरूले कमाए साढे ८ अर्ब नाफा, ग्लोबल आईएमई अग्रस्थानमा

3.22K
shares

काठमाडौं, १ असोज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कूल ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । उक्त बैंकले साउनमा ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ । उक्त बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइम बैंकले ५० करोड ४९ लाख, कुमारी बैंकले ४९ करोड २४ लाख, एभरेष्ट बैंकले ४८ करोड ३९ लाख, एनएमबि बैंकले ४६ करोड ६७ लाख, हिमालयन बैंकले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यस्तै लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंकले ३९ करोड २ लाख, एनआइसी एशिया बैंकले ३१ करोड ९३ लाख, प्रभु बैंकले ३० करोड २३ लाख, सिटिजन बैंकले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबीआई बैंकले १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन्।