Dhulikhel Eco Banner new

छिमेक लघुवित्तद्वारा लाभांश घोषणा

4.37K
shares

काठमाडौं, १ पुस । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले २५ प्रतिशत लाभांश घोषणा गरेको छ। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत लाभांश घोषणा गरेको हो।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरेको हो।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा बाँडिनेछ।