Dhulikhel Eco Banner new

रिलायन्स स्पिनिङ्ग मिल्सको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ बाँडफाँड

3.37K
shares

काठमाडौं, १ पुस । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर २२ देखि २५ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले निष्कासन गरेको १ लाख १५ हजार ५९६ कित्ता आईपीओका लागि ३५ हजार १०२ जना योग्य लगानीकर्ताबाट १९ लाख ४४ हजार ३३० कित्ताको आवेदन परेको थियो।

गोलाप्रथाबाट गरिएको बाँडफाँडमा २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन्। यसैमध्ये ४६ जनाले थप १र१ कित्ता गरी जम्मा ५१ कित्ता शेयर पाएका छन्।

बुक बिल्डिङ्ग विधिबाट निष्कासन गरिएको यस आईपीओको प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।