Dhulikhel Eco Banner new

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक

780
shares

काठमाडौं, २ भदौ । शाओमीले नेपालमा रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ। लामो समय टिक्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले र दैनिक प्रयोगका लागि मजबुत डिजाइनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

सिरिजको मुख्य आकर्षण ७,५०० एमएएच ब्याट्री हो। यसमा ४५ वाट टर्बो चार्जिङ र २२.५ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ। रिभर्स चार्जिङमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच तथा अन्य उपकरण चार्ज गर्न सकिन्छ।

दुवै फोनमा ६.९ इन्च एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ। रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर छ भने रेडमी १७ ५जीमा स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। दुवैमा शाओमी हाइपरओएस ३ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्‍याम सपोर्ट रहेको छ।

क्यामेरातर्फ दुवै मोडलमा ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ। डुअल–भ्यु भिडियो, डुअल स्टेरियो स्पिकर, ३.५ एमएम हेडफोन ज्याक र एनएफसीजस्ता सुविधा पनि उपलब्ध छन्।

करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रहेको छ।

रेडमी १७ कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल रंगमा उपलब्ध हुनेछ। यसको ४ जीबी/१२८ जीबी भेरियन्टको मूल्य रु. २७,९९९ र ६ जीबी/१२८ जीबी भेरियन्टको मूल्य रु. ३३,९९९ तोकिएको छ।

त्यस्तै, रेडमी १७ ५जी कालो, डीप ब्लु र भिभिड अरेन्ज रंगमा उपलब्ध हुनेछ। ४ जीबी/१२८ जीबी, ४ जीबी/२५६ जीबी र ६ जीबी/२५६ जीबी भेरियन्टको मूल्य क्रमशः रु. ३३,९९९, रु. ३७,९९९ र रु. ४१,९९९ रहेको छ।