Dhulikhel Eco Banner new

हेमराज ढकाललाई स्वदेशी उद्यमी विशेष सम्मान

8.67K
shares

काठमाडौं, ९ असोज । व्यवसायी हेमराज ढकाल स्वदेशी उद्यमी विशेष सम्मानबाट सम्मानित भएका छन् । एएमएस म्युजिक तथा इन्टरटेनमेन्टले आयोजना गरेको एएमएस सम्मान तथा अवार्ड वितरण कार्यक्रमा स्वदेशम मै उद्यम गरेर रोजगारी सिर्जना गर्न मद्दत गरेकाले ढकाललाई सम्मान गरिएको हो ।

ढकाललाई उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मान पत्रमा स्वदेशमा केही गर्न चाहानेका लागि एक उदाहरणीय काम गरेकको र पूर्व र मध्येक्षेत्रका १७ जिल्लामा मौलिक राष्ट्रिय पहिचान बनाउन ठूलो भूमिका खेलेको भन्दै ढकालाई सम्मानपत्रले सम्मानित गरिएको उल्लेख छ ।

२०५४ सालदेखि चिया खेती सुरु गर्दे २०५७ सालमा रािष्ट्रय चिया नीति बनाउने टोलीको सदस्य भएर काम गरेका ढकालले चिया उत्पादन संघ र ठूला चिया बगान संघमा नेतृत्व गरिसकेका छन् । यसका साथै चिया समस्या समाधान समितिको संयोजक र सबै ११ वटा चिया संगठनको पनि संयोजक रहेका थिए ।

त्यस्तै चिया कारखानाका समेत ढकाल अध्यक्ष रहेका छन् । ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सामाजिक सिपि विकास समितिका सभापति रहेका छन् । आगामी चैतमा हुने महासंघको निर्वाचनमा ढकाल वस्तुगत उपाध्यक्षका समेत आकांक्षी हुन् ।