Dhulikhel Eco Banner new

नेपाल र चीनबीचको आपसी सम्बन्धमा अझ सञ्चारको भूमिका

4.19K
shares

काठमाडौं, ९ असोज । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सञ्चार जगत्ले नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बढाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा हङकङ स्याटलाइट टेलिभिजन, साउथ एशिया नेटवर्क टेभिजनले आज काठमाडौँमा आयोजना गरेको नेपाल चीन मिडिया सम्मेलनलाई भर्चुअलरूपमा सम्बोधन गर्दै राजदूत श्रेष्ठले आजको विश्व सञ्चार र प्रविधिको विश्व भएकाले यसबाट कोही पनि अछुतो रहन नसक्ने स्पष्ट गरे।

कार्यक्रममा नेपाल र चीन दुवै देशका सञ्चारकर्मीले बेल्ट एण्ड रोड इनिसियटिभ बीआआईबाट नेपालले लाभ लिन सक्नुपर्ने र यसबारे सञ्चारमाध्यमबाट थप स्पष्टता बाहिर आउनुपर्नेमा जोड दिएका थिए । नेपालका तर्फबाट जनता टेलिभिजनका अध्यक्ष डा विजयकुमार पौडेल, योहो टिभीका समाचार प्रमुख जीवराम भण्डारी र निजी क्षेत्रको न्यूज एजेन्सी नेपालका प्रमुख सविन धमलाले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहितको रहेकाले यस सम्बन्धलाई कायम राख्न सञ्चार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।