Dhulikhel Eco Banner new

भाटभटेनीमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट

4.72K
shares

काठमाडौँ, १२ असोज । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा छुट अफर सार्बजनिक गरेको छ ।

यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ ।

स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो ।

भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।