Dhulikhel Eco Banner new

हस्पिटालिटी क्षेत्रमा जम्दै आईएमई, पोखरा पछि काठमाडौंमा तारे होटल

6.98K
shares

काठमाडौं, २४ कात्तिक । चर्चित व्यवसायिक घराना आईएमई समूहले हस्पिटालिटी क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गरेको छ । आईएमई समूहले काठमाडौंमा तारे होटल सञ्चालन सुरु गरेको छ । लाजिम्पाटमा रहेको लि हिमालय होटल यो समूहले लिएको हो ।

लाजिम्पाटमा रहेको लिहिमालय थ्री स्टार (तिन तारे) होटल हो । आईएमई समूहले केही महिना अघिदेखि पोखरामा समेत होटल सञ्चालन गरिरहेको छ । पोखरामा लेकसाइट रिट्रिट नामको होटल सुचारु गरेको करिब ६ महिना पछि काठमाडौंमा तारे होटल समेत लिएको हो ।

लिहिमालय होटलको व्यवस्थापन अभिषेक विक्रम शाहले हेर्ने भएका छन् । यस अघि उनी आईएमई समूहको चन्द्रागिरी हिल्सको महाप्रवन्धक थिए । चन्द्रागिरी हिल्सलाई चम्काउन महत्वपूर्ण भूमिका खेलेका शाहलाई समूहले व्यवस्थापनको नेतृत्व दिएको हो । लक्जरी रिसोर्टको मान्यता पाएको चन्द्रागिरी हिल्स रिसोर्ट स्वदेशी तथा विदेशी पाहुनाहरुको आकर्षक गन्तव्य बनेको छ ।

लिहिमालयमा एक अपार्टमेन्ट, स्वीट रुम र ५४ वटा डिलक्स रुमहरु छन् । प्रसस्त पार्किङ, सेमिनार हल, बोर्ड रुम, रुफटप रेष्टुरेन्ट सहितको सुविधा सहित समूहले होटल सञ्चालन गर्दैछ ।