Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन

3.06K
shares

काठमाडौं, २३ पुस । नेपाल एसबिआई बैंकले देशभर थप सात नयाँ शाखाहरु उद्घाटन गरेको छ । बैंकले दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहुको उद्घाटन गरेका हो ।

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, सञ्चालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरु तथा ग्राहकहरुको समेत उपस्थिति रहेको बैंकले जनाएको छ ।

बैंकले यस नयाँ शाखा सञ्चालनबाट ग्राहकहरुमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्सेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ।