तीन दिनसम्म सुनको मूल्य स्थिर
वि.सं.२०८१ पुस २३ मंगलवार १०:२३
2.28K
shares
shares

काठमाडौं, २३ पुस । स्थानीय बजारमा मंगलबार पहेलो धातुको स्थिर रहेको छ । सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार पनि सोही रकम कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने २० रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ८१० मा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८३० मा कायम भएको छ ।



















