हिमालयन रि इन्स्योरेन्सको सिइओ उपासना पौडेल विरुद्ध अख्तियारमा उजुरी दर्ता
वि.सं.२०८१ पुस २२ सोमवार १६:४३
shares

काठमाडौं, २२ पुस । हिमालयन रि इन्स्योरेन्सको सिइओ उपासना पौडेल विरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । उनले तत्कालिन युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी छदा ८० लाख हिनामिना गरेको आरोपमा उजुरी दर्ता भएको हो ।
उनले कर्मचारीको नाममा एड्भान्स लिएर ८० लाख रुपैयाँ मनपरी गरेको खुलेको थियो । यस विषयमा उपसनाले विजनेश किन्न खर्च गरेको भनेर गैरजिम्बेवारीपूर्ण जवाफ दिएकी थिइन् ।
तत्कालीन युनाइटेड इन्स्यारेन्स र अजोड इन्स्यारेन्स मर्ज भएपछि मात्रै यो घटना पुष्टि भएको थियो । २०७८ बैशाख १६ गते युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ बनेकी उपसना पौडेल २०७९ कात्तिकमा कम्पनीबाट बाहिरिएकी थिइन् ।
यो विषय तत्कालीन बीमा समिति (अहिलेको बीमा प्राधिकरण) मा समेत पुगेको थियो । प्राधिकरणले छानवीन गरी हिनामिना भएको पुष्टि गर्दै सम्बन्धित ८० लाख रुपैयाँ असुल गरी दोषि कर्मचारीहरुलाई कारबाही गर्न पत्राचार समेत गरेको थियो ।
कम्पनीले पनि उपासनाकै नेतृत्वमा हिनामिना भएको पुष्टि भएपछि कारबाही प्रक्रिया समेत अघि बढाएको थियो । डिसीईओसहित अन्य कर्मचारीहरुलाई कारबाही गर्न खोजिए पनि उपासना भने कारबाहीको दायरामा परिसकेकी थिइन् ।



















