Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्युमा १० प्रतिशतसम्म छुट

2.9K
shares

काठमाडौं, ११ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबिच बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा बैंकको डेबिड कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएको हो ।

बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ । यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आइतवार हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई बर्षका लागि लागू हुने बैंकले जनाएको छ । यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहकलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।