Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको “टपअप र फोनपे डारेक्ट गरौँ, बम्पर उपहार जितौँ” अभियान सुरु 

2.3K
shares

काठमाडौं, ३ चैत । सिटिजन्स बैंकले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा “टपअप र फोनपे डारेक्ट गरौँ, बम्पर उपहार जितौँ”  भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्ने नयाँ अभियान सार्वजनिक गरेको हो ।

यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० को मोबाइल टपअप र कम्तीमा ५ सयको  फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने बैंकले जनाएको छ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने जनाएको छ ।

बैंकका अनुसार यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० को मोबाइल टपअप प्राप्त गर्नसक्नेछन् । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आइफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ । सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गर्दछ । थप जानकारीका लागि नजिकको सिटिजन्स बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिने बै।कले जनाएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।