बिर्तामोडमा हुन्डाई क्रेटा ईभी सार्वजनिक
वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:०७
shares

काठमाडौं, २६ वैशाख । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बिर्तामोडमा आयोजित एक विशेष कार्यक्रममा क्रेटा ईभी सार्वजनिक गरेको छ। इलेक्ट्रिक सवारीप्रतिको जनचासो बढिरहेका बेला कम्पनीले आयोजना गरेको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम उल्लेखनीय रुपमा सफल भएको हो।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभी को सार्वजनिक शुरुवातले विद्युतीय सवारी किन्न इच्छुक ग्राहकहरूमा रहेको अन्योल हटाउने कार्यमा उल्लेखनीय सहयोग गरेको छ। भरपर्दो सेवा, गुणस्तरीय उत्पादन, र देशभर फैलिएको मजबुत सञ्जालका कारण हुन्डाई नेपाल एक लोकप्रिय र भरोसायोग्य अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भइसकेको छ।
ग्राहकहरूको प्रमुख चिन्ता स्पेयर पार्ट्स उपलब्धता, सेवा शुल्क, र ब्रान्ड सपोर्टको दीर्घकालीनतालाई सम्बोधन गर्दै कम्पनीले जानकारी दिएको छ कि हुन्डाईले नेपालमै क्रेटा आईसी (पेट्रोल) को निर्माण सुरु गरिसकेको छ। इलेक्ट्रिक र पेट्रोल दुवै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले सेवापछि सस्तो र सजिलो हुने कम्पनीको दाबी छ। यसले सेवा, पार्ट्स तथा ब्रान्ड सपोर्टमा कुनै विभेद नरहने स्पष्ट गरेको छ।
उक्त अभियानलाई देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोलीले विभिन्न शहरमा पुगेर डिलरहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै आएको छ। सोही क्रममा २०८२ वैशाख २५ गते बिर्तामोडस्थित अलायन्स मोटर्स हुन्डाईको अधिकृत डिलरमा विशेष ग्राहक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा क्रेटा ईभीको भव्य रूपमा सार्वजनिक प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई हुन्डाई टिमसँग प्रत्यक्ष संवाद गर्दै सवारीसम्बन्धी जानकारी लिने अवसर पनि प्रदान गरिएको थियो।

















