महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ
वि.सं.२०८२ जेठ २ शुक्रवार १७:५५
shares

काठमाडौं, २ जेठ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।
‘वाई ह्वाट यु लभ पे हाउ यु लाइक’ भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तानी गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्ने बैंकले जनाएको छ । नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआई प्रोसेसिङ शुल्क नलिने जनाएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

















