Dhulikhel Eco Banner new

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

1.69K
shares

काठमाडौं, १२ मंसिर । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार क्लिनिकले बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राममा पूर्ण छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा आधा छुट, साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभरका ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका लागि यस्ता सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।