सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट किन्न पाइने
वि.सं.२०७९ साउन १३ शुक्रवार ०७:०७
shares

काठमाडौं, १३ साउन । सयपत्री हाइड्रोपावरको साधारण शेयर (आईपीओ) आजबाट किन्न पाईने भएको छ ।
हाइड्रोपावरले जम्मा ७ लाख २१ हजार ६० कित्ता शेयर निश्कानस गरेको छ । जसमध्य सर्वसाधारणले ६ लाख ७० हजार ५८६ कित्ता किन्न पाउने कम्पनीले जनाएको छ । त्यसबाहेक ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीले किन्न पाउने छन् ।
शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सम्म किन्न पाईने छ । आईपीओको आवेदन साउन १७ गते सम्म दिन पाईने कम्पनीले जानकारी दिएको छ ।
आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।















