Dhulikhel Eco Banner new

निवर्तमान अर्थमन्त्री माथि छानविन गर्न गठीत समितिको प्रतिवेदन तयार

5.17K
shares

काठमाडौं, १२ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार समितिले प्रतिवेदन तयार पारेको र शुक्रबार सभामुखलाई बुझाउने समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार बिहीबार साँझ प्रतिवेदन लेखनको कार्य सकिएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोप तत्कालिन अर्थमन्त्री शर्मामाथि लागेको थियो । यो विषयमा प्रश्न उठेपछि प्रतिनिधिसभाले २२ असारमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।

सुरुमा १० दिन अवधि तोकिएको समितिले काम नसकेपछि ७ दिन थप गरिएको थियो । सो ७ दिनको म्याद बिहीबार सकिएको हो । समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेर्नुका साथै बजेट निर्माणमा संलग्न अधिकारी र पूर्वअर्थमन्त्री शर्मासँग पनि छलफल गरेको थियो ।