पिपुल्स पावरको आईपीओ आज बाँडफाँट हुदै
वि.सं.२०७९ भदौ १२ आइतवार ०९:४४
shares

काठमाडौं, १२ भदौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे बाँडफाँट गर्ने भएको हो ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।
पिपुल्स पावरले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

















