Dhulikhel Eco Banner new

पिपुल्स पावरको आईपीओ आज बाँडफाँट हुने

5.32K
shares

काठमाडौं, १२ भदौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले आइपीओ प्रि अलोटमेन्टको काम सम्पन्न गरी आज बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।