Dhulikhel Eco Banner new

पिपुल्स पावरको शेयर नेप्सेमा सूचीकृत

4.6K
shares

काठमाडौं, २८ असोज । पिपुल्स पावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहीक लगानी कोष, र कर्मचारीका लागि छुट्याइएको तथा कम्पनीका संस्थापकहरुको लगानी समेतको शेयर नेप्सेमा सूचीकृत भएको हो । आयोजना प्रभावित स्थानीयका लागि ६ लाख ३२ हजार ६०० सय कित्ता, सामूहीक लगानी कोष र कर्मचारीहरुको समेत गरी २४ लाख ६७ हजार ४०० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २६ गतेको निर्णयानुसार शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।