Dhulikhel Eco Banner new

विद्युतका पोलमा टाँगिएका तार हटाउन प्राधिकरणको अल्टिमेटम

4.59K
shares

काठमाडौं, १५ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले विद्युतका पोलमा जथाभावि रुपमा टाँगिएका तारहरु हटाउनका लागि ४५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गरेर विद्युत्का पोलमा टाँगिएका इन्टरनेट तथा केबल टेलिभिजनका तारहरु हटाउन अल्टिमेटम दिएको हो ।

प्राधिकरणले दिएको समयमा तारको व्यवस्थापन नगरेमा आफै काट्ने चेतावनी समेत दिएको छ । यसरी जथाभावि रुपमा प्रयोग गरिएका तारहरुले शहरको सुन्दरतामा आँच ल्याउनुका साथै आगलाथी लगायतका दुर्घटनाहरु निम्त्याउने जोखिम रहन्छ । प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टांग्ने तारबीच ८० सेमीको दुरी हुनुपर्ने बताएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दुरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।

त्यसैगरी ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दुरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दुरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ । ११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दुरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारहरुबीचको दुरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले बताएको छ ।