Dhulikhel Eco Banner new

बुधबारदेखि हवाई यातायत ठप्प पार्ने वायुसेवा सञ्चालकको घोषणा

5.07K
shares

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालहरुले आगामी बुधबारदेखि अवाई यातायत ठप्प पार्ने बताएका छन् । वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको हो ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै माग पुरा नभएसम्म कुनै पनि उडान नगर्ने बताइएका छन् । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।