Dhulikhel Eco Banner new

बीमा कम्पनीहरु जनताप्रति जवाफदेही बन्नु पर्छ : अध्यक्ष सिलवाल

4.75K
shares

काठमाडौं, २४ असार । बीमा कम्पनीहरुले सर्वसाधारणको रकम संकलन गरे पछि जवाफदेहीता बहन गर्नु पर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिले सँग सहकार्य शुरू गरेको र यो सहकार्य निरन्तर अगाडि बढ्ने समेत बताए । बीमा समति र आइक्यान मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको उनको भनाइ छ । जनताबाट शुल्क लिएर जोखिम बहन गरे पछि जनताको हित सर्वोपरी हुनु पर्ने उनले बताए ।

लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्ने उनको भनाइ छ ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, एनआरएफ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताएका छन् ।

एक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, एनइफआरएसको कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न आइक्यान तयार रहेको बताएका छन् ।