Dhulikhel Eco Banner new

ज्योति लाईफ इन्स्योरेन्सले साउन २४ गते साधारण सभा गर्दै

4.78K
shares

काठमाडौं, ज्योति लाईफ इन्स्योरेन्सको साउन २४ गते साधारण सभा गर्ने भएको छ ।

इन्स्योरेन्सले पोखराको वाटरफ्रन्ट रिसोर्टमा २४ गते विहान ११ बजेबाट साधारण सभा हुने कम्पनीले जानकारी दिएको छ ।

त्यो साधारण सभामा विशेष गरी मर्जरमा जाने विषय मुख्य एजेण्डाका रुपमा रहने कम्पनीले जनाएको छ । नियमनकारी निकायको निर्देत तथा पुँजी वृद्धिको आवश्यकतालाई मध्यनज गरी सञ्चालन समितिले मर्जर सम्बन्धमा गरेको निर्णय अनुमोदन गराउने एजेण्डा रहेको छ ।
ज्योति लाईफ र सूर्या लाईफ बीच मर्जर सम्बन्धी सम्झौता गरिसकेको छ । यो सम्झौता समेत सभाले अनुमोदोन गर्ने कार्यसूची रहेको छ ।