ज्योति लाइफले लाभांश वितरण नगर्ने
वि.सं.२०७९ साउन २२ आइतवार १३:१२
shares

काठमाडौं, २२ साउन । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।
अघिल्लो वर्ष चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीको शुक्रबारको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
ज्योति लाइफको २०७९ साउन २० गते शुक्रबार दिउँसो १ः३० बजे कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको सञ्चालक समितिको ११३ औं बैठकले कम्पनीको आव २०७७र७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरी नियामक निकायमा पठाउने निणर्य गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।


















