Dhulikhel Eco Banner new

बीमा विधेयक प्रतिनिधि सभाबाट पारित

4.65K
shares

काठमाडौं, २९ साउन । बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधन सहित बीमा विधेयक २०७९ को रुपमा पारित भएको हो ।

प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको बीमा विधेयक माथिको संशोधन समेत समावेश गरी पारित गरेको हो । अब उक्त विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पुग्नेछ ।