Dhulikhel Eco Banner new

हिमालयन एभरेष्ट इन्स्योरेन्समा जागिरको अवसर

4.99K
shares

काठमाडौं, २६ असोज । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रधान कार्यालयका लागि चिफ टेक्नोलोजि अफिसर र चिफ फाइनान्स अफिर एक–एक जना गरी दुई जना कर्मचारीको माग गरेको छ ।

यस्तै, कम्पनीले सबै प्रदेश कार्यालयका लागि सिनियर अफिसर, एसिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, म्यानेजर र सिनियर म्यानेजर दपका लागि आवेदन माग गरेको छ । यसका लागि कात्तिक ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।