Dhulikhel Eco Banner new

मर्जर प्रस्ताव पारित गर्दै सकियो अजोड इन्स्योरेन्सको विशेष साधारणसभा

4.34K
shares

काठमाडौं, २६ वैशाख ।दअजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा मर्जर प्रस्ताब पारित गर्दै सम्पन्न भएको छ । सोमबार विशेष साधारण सभामार्फत युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्तावको पारित गरेर सम्पन्न भएको हो ।

अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन व्यवसाय गर्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साधारणसभाले यूनाइटेड इन्स्योरेन्ससँग शेयर अनुपात ८२.५०ः१०० कायम गर्ने, अन्तिम सम्झौतापत्र तथा आवश्यक काम कारबाही र लेखापरीक्षकमा एस. आर. पाण्डे एण्ड कम्पनीलाई चाटर्ड एकाउन्टेन्टको रुपमा नियुक्ति र निजलाई प्रदान गरिने पारिश्रमिक अनुमोदन गरेको छ ।

यस्तै एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने , चल÷अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भएको छ ।