Dhulikhel Eco Banner new

एशियन लाइफ इन्स्योरेन्सको सीईओमा दिनेश लाल श्रेष्ठ पुनः नियुक्त

2.72K
shares

काठमाडौं, १७ पुस । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश लाल श्रेष्ठ पुनः नियुक्त भएको छ। कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई थप चारवर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनी सञ्चालक समितिले कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णयको अनुमतिको लागि नेपाल बीमा प्राधिकरणमा पत्र पठाएको छ । प्राधिकरणले उक्त सीईओ नियुक्ति सम्बन्धि पत्रलाई अनुमति दिएसँगै आगामी चार वर्षको लागि उनी सीईओ पदमा नियुक्त हुने भएको हो ।

उनको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ । २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका उनले अब थप ४ वर्ष एशियन लाइफ इन्स्योरेन्समा रहेर २०८५ साल पुस मसान्तसम्म कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।