Dhulikhel Eco Banner new

ट्वीटरको लोगो कुकुर

4.55K
shares

काठमाडौं, २१ चैत । ट्वीटरको लोगो परिवर्तन भएको छ । ट्वीटरका सीईओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गर्दै चराको लोगो हटाएर कुकुरको लोगो राखेका छन् ।

मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् । अब ट्वीटरमा खोल्न बित्तिकै त्यही कुकुरको चित्रले स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।

विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।

ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए । तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए ।