Dhulikhel Eco Banner new

डलरसँग नेपाली रुपैयाँ थप कमजोर

4.24K
shares

काठमाडौं, २१ चैत । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अघिल्ला दुई दिन स्थिर रहेको अमेरिकी डलरको मूल्यमा मंगलबार २७ पैसाले बढेको हो ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा रहेको थियो भने मंगलबार १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा पुगेको छ । त्यस्तै अघिल्लो दिन १३१ रुपैयाँ ७७ पैसा बिक्रीदर रहेको थियो भने आज १३२ रुपैयाँ ४ पैसा कायम भएको छ ।

त्यस्तै अघिल्लो दिन केही घटेको पाउण्डको मूल्य मंगलबार बढेको छ । मंगलबार पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ । सोमबार भने एक पाउण्डको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा रहेको थियो ।

त्यस्तै मंगलबार पाउण्डको खरिददर १४२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा पुगेको छ । त्यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ ।

साउदी रियाल खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा रहेको छ ।

डलरको मूल्य बढ्दा नेपालले आयात गर्ने वस्तुलाई तिर्नु पर्ने रकम र विदेशीलाई तिर्नु पर्ने ऋणको साँवार ब्याजको भार समेत बढ्न जान्छ । डलरको मूल्य बढ्दा निर्यातमुखि अर्थतन्त्र भएका देशहरुलाई मात्रै फाइदा पुग्ने अर्थविदहरुको भनाइ छ ।