Dhulikhel Eco Banner new

‘देशमा गरिखाने वातावरण नै भएन, पासपोर्ट बनाएर विदेश जानुपर्ने अवस्था आयो’

7.18K
shares

स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचनको तयारी समेत सुरु गर्ने बेला भइसकेकाले मुलुक यतिबेला राजनीतिमय छ । देशमा राजनीतिको व्यापक चर्चा भइरहदा उता व्यवसायिक वातावरण भने सहज छैन ।

कोभिड पछि अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि औद्योगिक तथा व्यवसायिक वातावरणहरु सहज अवस्थामा छैनन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवाल देशका नेताहरु स्वार्थी भएका कारण पनि मुलुकमा समस्या देखिएको बताउछन् । प्रस्तुत छ, वर्तमान आर्थिक तथा राजनीति क्षेत्रका विषयमा व्यवसायी नरेश कटुवालसँग गरिएको कुराकानीको सम्पादित अंशः

स्थानीय तहको निर्वाचन पनि सम्पन्न भइसकेको छ, अहिले देशमा उद्योग व्यवसायहरुको अवस्था कस्तो छ ?
अहिलकोे उद्योग र व्यवसाय भन्ने वित्तिकै कत्तिलाई एलर्जी हुन थालिसकेको छ । किनभने उद्योग र व्यवसाय भन्ने वित्तिकै एकदम नाजुक स्थिति भइसकेको, सकिन लागेको जस्तो अवस्था छ । अर्थतन्त्रमा जुन टेकोको काम गर्नुपर्ने थियो त्यो गर्न सकेको छैन जस्तो देखिएको छ ।

उद्योगी व्यवसायीहरु अहिले एकदमै असहज महशुस गरिरहेका छन । कोरोना भाइरसका कारण उद्योग व्यवसायहरु निकै ठूलो समस्यामा परे । त्यो समस्याबाट अहिले पनि माथि उठ्न नसकेको अवस्था छ । देशमा केही गरौं भन्ने वातावरण नै छैन । देशमा गरिखाने वातावरण नभएर उद्योग व्यवसायमा काम गर्नेहरु पासपोर्ट बनाएर विदेश जानुपर्ने स्थितिमा पुगेका छन् ।

उद्योग व्यवसायहरुको अवस्था यति धेरै नाजुक भएको हो र ? के उद्योगमा काम गर्नेहरु आफै विदेश जानुपर्ने अवस्था बनिसक्यो ?

अहिले मुलुक कुन अवस्थामा छ भन्ने कुरा हामीले प्रष्टै देखेका छौं । राजनीतिक दलहरु कसरी अघि बढिरहेका छन् भन्ने विषयमा पनि हामी प्रष्ट छौं । दलका नेताहरुले नौटंकी देखाइरहेका छन् । नेताहरुले देशको अवस्था भद्रगोल बनाएका छन् । देशमा व्यवसाय गर्ने वातावरण पुरै विग्रिएको छ ।

राजनीतिकको कुरा गर्नुभयो, राजनीतिसँग व्यवासयको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

यी दुई क्षेत्रको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जबसम्म राजनीतिक अवस्था स्थिर हुँदैन, देशमा स्थिर सरकार हुँदैन तबसम्म व्यवसायिक क्षेत्र समसयामा हुन्छ । राजनीतिक अस्थिरताका कारण मुलुकमा व्यवसायिक वातावरण बन्दैन ।

आज भन्दा ४ वर्ष अघिको कुरा गर्ने हो भने तत्कालिन दुइ वटा राजनीतिक पार्टी मिलेर स्थिर सरकार बनाएको थियो । लगभग ४० महिना तत्कालिन नेकपा नेतृत्वको सरकारले एकलौटी रुपमा चलाएको थियो । स्थिर सरकार बन्यो भनेर हामी सबैले नै स्वागत गरेको अवस्था थियो । त्यो सन्तुष्टि धेरै लामो समय टिक्न सकेन ।

कोरोनाको माहोल हुँदा छुट्टै त्रास थियो । लकडाउनका बेला नेपाल राष्ट्रिय व्यवसायी महासंघ तपाईकै नेतृत्वमा सडकमा निस्कियो । स्थिर सरकार भएकै बेला पनि तपाईहरु सडकमा आउनुपर्ने अवस्था सृजना भाथ्यो । वास्तवमा स्थिर सरकार नभएकै कारण हामीले व्यवसाय गर्ने वातावरण मिलेन भन्न मिल्छ ?

लामो समयको पविर्तन पश्चात चाहि एउटा दुई तिहाइको सरकार आएको थियो । जुन नेकपाले चलाको थियो । स्थिर सरकार बन्यो भनेर हामी खुसी भएकै हो । तर कस्ताले सरकार कसरी बनाएका रहेछन् भनेर अहिले छर्लङ भएको छ ।

तत्कालिन दुई तिहाइको सरकार बन्दै गर्दा आम नेपाली जनताले, आम उद्योगकर्मीले केही आशा गरेका थियौँ । अब मुलुक समृद्ध तिर जान्छ, यहाँ लगानीको वातावरणको सृजना बन्छ र हामीले देशमै व्यवसायिक वातावरण पाउँछौं भन्ने थियो । देशमा सुशासन आएर भ्रष्टाचार अन्त्य हुन्छ भन्ने थियो । तर मुलुक चलाउन त्यति सजिले रहेन छ भन्ने पनि बुझिम् ।

किनभने हाम्रो मुलुक राजनीति भन्दा पनि अर्धउपनिवेश भनेर बुझ्छौ । र यो मुलुक कसले चलाइरहेका रहेछन् भन्ने कुरा आउदो रहेछ र यो स्पष्ट देखिदो रहेछ । यसरी बुझ्दा हाम्रो मुलुक हाम्रो देशका नेताहरुले चलाएका रहेनछन् । नदेखिदो तरिकाले कसैले चलाउदो रहेछन् ।

कसले चलाईरहेको छ त यो मुलुक ? तपाईले भन्न खोज्नु भएको विषय अलि प्रष्ट भएन ।

हिजो अमेरिकी विस्तारवाद, भारतीय विस्तारवाद भनिएका नाराहरु हामीले सुनेका हौं । शक्तिशाली राष्ट्रका नेताहरुले चाहे अनुसारको काम हाम्रा नेताहरुले गर्ने रहेछन् । जब हाम्रो देशका शासन सत्तामा रहेका नेताहरुलाई अथावा मन्त्रीज्युहरुलाई सिधै फोन गरेर उहाँहरुलाई आदेश दिन सक्ने क्षमता भएकाहरु पनि रहेछन् ।

हाम्रा नेताहरु आफ्नो चरित्रमा चल्न नसक्ने, अरुले भनेको कुराकोपछि लाग्ने र विहान अर्काे र बेल्की अर्काे भाषण दिने शिर्ष नेताहरु हुनुहुन्छ । उहाँहरुको बोलिको भाषा नै आफैमा स्थिर छैन । यो के कारणले हुन्छ ? बिहान कसैको फोन आउछ, यसो बोल भन्छन् बेल्का अर्काे फोन आउछ यस्तो गर भन्छन् । यसरी आफैमा भिजन भएको नेता भएनन् ।

म मेरो देशलाई यसरी लिड गर्छु, देशलाई यसरी विकासको गतिमा अगाडि लान्छु, यहाँको युवालाई यसरी रोजगार व्यवस्था गर्छु र उद्योग मैत्री बनाउछु भनेर एउटा भिजन भएको व्यत्ति नभएर जनतालाई निरास बनाउने र यस्तो गर्छु उस्तो गर्छु मात्रै भन्ने यस्तो कत्ति वर्ष, कत्ति युग सम्म भोग्ने ७० वर्षसम्म त दुविधा सहेका छौँ । अब कत्तिसम्म भोग्ने ?

कुनै पनि मुलुकमा राजनीतिक दलको आफ्नो प्रतिबद्धता हुन्छ । जनताको अगाडि जाने सक्ने एउटा हैसियत हुन्छ । आफ्नो दलले जारी गरेको घोषण पत्र सहित जनतामा गइसके पछि जनताले उसलाइ जिताएर पठाए पछि उसले राज गर्नु पर्ने हुन्छ । तर हाम्रो त्यसो हाईन ५/७ दल मिलौं ५० वर्ष सम्म हामी मात्रै सत्तामा बसिराखौं जस्तो गर्छन । दलहरु मिलेर सिण्डिकेट लाद्न खोज्छन् ।

समाज र विकासको मुद्धामा दलहरु एक भएको राम्रो होइन र ?

विकासका मुद्दामा मिल्नु त राम्रै होला । तर यहाँ त आफ्ना स्वार्थका लागि मिल्छन् । ४÷५ दलहरु मिलेर सिण्डिकेट लाद्नु त भएन नि ।

तपाई नै भन्नुस् न त, के गर्दा देश बन्छ त ?

देश बन्न त सबैभन्दा पहिला राजनीतिक दलहरु सुुध्रिनु पर्छ ।

कसरी सुध्रिनु परो ? के गरे भने सुध्रिएको मानिन्छ ?

भाषामा, शैलिमा, डकुमेन्टमा र आफुले गरेको प्रतिबद्धतामा सुधारिनु पर्याे । जनताको सामु आफ्नो भिजन सहित आउनुपर्छ । आझ्नो विचारको कार्यन्वयन गर्नु पर्छ ।

तपाईको चाहाना पनि खुला राजनीतिमा जाने हो ?

छैन । किनभने हामीलाई यस्तो गन्धा राजनीति गर्नुछैन हामीलाई , नजी क्षेत्र नै ठिक छ ।

तपाई लामो समयदेखि उद्योग क्षेत्रमा हुनुन्छ, राजनीतिक दल राम्रो भएनन् भन्दै गर्दा वास्तबमा को आए भने सुधार हुन्छ भन्ने लाग्छ ?

विदेशिएका युवाहरु फर्किनु पर्छ । नेपालमै केही गरौं भन्ने भावना हुनुपर्छ । युवाहरुलाई स्वदेशमै का मगर्ने वातावरण बनाउनुपर्छ ।

युवालाई स्वदेशमै बसेर काम गरेर खाने वातावरण छैन । विदेशिएका युवालाई देशमा नै रोक्न नेपाली उद्योगको क्षमता कत्ति छ ?

१० हजार तालिम प्राप्त र योग्य युवालाई अहिले नै रोजगारीको ज्ञारेन्टी गर्न सकिन्छ । यहाँ चाहिएको भनेको सिपमुलक तालिम पनि हो । व्यवहारिक शिक्षको पनि आवश्यकता छ । स्नातक गर्दासम्म कम्तिमा एक युवाले २, ३ वटा तालिम लिन सक्ने वातावरण हुनुपर्छ । यति हुने हो भने युवाहरु यहाँ वेरोजगार बस्नु पर्दैन । कृषिमा युवा हुनु पर्छ ।उद्योग, राजनीति र देश अब युवाले चलाउनु पर्छ ।