GBIME

मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा

1.36K
shares

काठमाडौं, १३ असार । प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा असार २८ गते गर्ने भएको छ । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको केन्द्रिय कार्यालय , प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा दिउँसो ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।

उक्त सभामा यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तत् सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर गर्ने, चालचलन सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछन् ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असार १९ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।