Dhulikhel Eco Banner new

एनआईबिएल प्रगति फण्डको सूचीकृत शेयरमा ४८ करोड ६६ लाख लगानी

4.29K
shares

काठमाडौं, १३ असार । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले जेठ मसान्तसम्म सूचीकृत शेयरमा रू. ४८ करोड ६६ लाख लगानी गरेको छ ।

फण्डले सोमवार सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार वैशाखको तुलनामा जेठमा सूचीकृत शेयरमा लगानी घटेको हो । वैशाखमा रू. ५६ करोड ६० लाख लगानी गरेकोमा जेठमा घटेको हो ।

त्यस्तै वैशाखको तुलनामा जेठमा फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । वैशाखमा न्याभ रू. ११ दशमलव ४८ थियो भने जेठमा घटेर रू. १० दशमलव ३० मा झरेको छ । एक महीनाको अन्तरारमा न्याभ रू. १ दशमलव १८ घटेको हो ।

त्यस्तै फण्डको नोक्सानी पनि बढेको छ । वैशाख महीनामा १३ करोड ५ लाख नोक्सानीमा रहेको फण्ड जेठमा २१ करोड ९२ लाख नोक्सानीमा रहेको छ । फण्डको जम्मा आम्दानीमा पनि नोक्सानी बढेको छ ।

वैशाख मसान्तसम्म ११ करोड ५३ लाख नोक्सानमी रहेको आम्दानी जेठमा बढेर रू. २० करोड २८ लाख पुगेको हो । फण्डको खर्च पनि बढेको छ । वैशाखमा रू. १ करोड ५२ लाख खर्च भएकोमा जेठमा बढेर रू.१ करोड ६४ लाख पुगेको छ ।