चित्र कलामा भविष्य कोरिरहेका मनोज
वि.सं.२०७९ असार १३ सोमवार ०९:००
shares

काठमाडौं, १३ असार । नेपाल एक प्राकृतिक, भौगोलिक र बहु सांस्कृतिक रुपले धनी हुनुका साथै बिभिन्न कलाले भरिपूर्ण देश भनेर चिनिने देश पनि हो । यहि कला र सांस्कृतिलाई चित्रको माध्यमबाट झल्काई रहेका छन् मनोज पाण्डेले ।
प्रदेश नम्बर एकको उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ३ का मनोज एक समान्य परिवारका युवा हुन् । उनको संयुक्त परिवार छ । उनको परिवारमा आमा, बुबा, श्रीमती र एक छोरी गरी पाँच जना रहेका छन् ।
उच्च माध्यामिक तहसम्मको अध्ययन गरेका र खेती किसानीबाट दैनिक गुजार गरिरहका मनोजमा एउटा सफल व्यक्ति बन्नु पर्छ भन्ने हुटहुटी थियो । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै उनको त्यो क्षमतालाई उनले पहिचान गरेर अहिले राम्रो आम्दानीको स्रोत बनाइ रहेका छन् । त्यो हो चित्रकला ।
उनी चित्रकलामा लाग्नुभन्दा पहिले रोजगारीका लागि विदेश समेत गएको सुनाउँछन् । काठमाडौंमा कामको खोजिमा केही समय भौतारिए बेला उनले कंलकिमा चित्रकला सम्बन्धी तालिम लिने मौका पाए । तालिम लिने मौका पाएपछि उनलाई आफ्नो चाहाना पुरा हुने आसा बढेको थियो । तर जीवन भनेजस्तो सजिलो कहाँ पो हुन्छ र मासिलाई समय समयमा विभिन्न किसिमका समस्या आइपर्दछन् । त्यस्तो समस्या मनोजको जीवनमा पनि आयो ।

उनलाई त्यो समयमा घरको आर्थिक अवस्थाले निकै नै सतायो । उनको आर्थिक अवस्थाले यहाँसम्म पु¥यायो कि उनले नेपाल छोडेर विदेश जानु पर्ने बाध्यता आयो । जुन अवस्थामा उनले चित्रकलाको माया मारेर देश छोड्दाको पिडा कम्ति छैन् । आफूले मनैदेखि भविष्य देखेको क्षेत्रलाई आर्थिक रुपमा छोड्नु पर्दा उनका आँखा रसाएका थिए ।
जब मानिसले एउटा क्षेत्रमा सम्भाना देख्छ तर उसले सोचे अनुसार सफलता प्राप्त गर्न नसकेपछि त्यो क्षेत्र परिवर्तन गर्ने गरेका छन् । तर मनोजले आर्थिक अभावका कारण विदेश जानु परे पनि पुनः स्वदेश फर्किए पछि त्यसलाई नै निरन्तर्ता दिए । उनको चित्रकलामा रहाउने हुटहुटी सकिएको थिएन । उनले त्यसलाई निरन्तर्ता दिए ।
अहिले उनी यहि पेशाबाट राम्रो आम्दानि गरिहेका छन् । पैसा कमाउनका लागि विदेश गएका उनलाई त्यहाँ पनि सोचेजस्तो आम्दानि हुदैन् । विदेशको कष्टकर समय विताएर उनी दुई वर्ष पछि स्वदेश फर्किन्छन् त्यो पनि आफ्नै देशमा केही गर्ने सोचका साथ ।
विदेश जाँदा पनि राम्रो नहुनु र घरको आर्थिक अवस्थामा पनि कुनै परिवर्तन नभए पछि उनलाई त्यसले सधै घोचिरहेको हुन्छ । घरको जेठो छोरा भएकाले पनि उनमा थप जिम्मेवारी थियो । यहि अवस्थामा उनी एउटा कपि र कलम लिएर घरको पिढीमा बसे । अनि आफुले लिएको कपिमा कलमले कोर्न थाले । उनले कोर्दै गर्दा कपिमा एउटा सुन्दर तस्विर बन्न पुग्छ । त्यतिबेला उनलाई लाग्यो सायद काठमाडौंमा सिकेको चित्रकलाले अहिले आएर सार्थकता पायो ।

त्यो तस्विर निर्माण भएपछि उनी निकै खुसी हुन्छन र त्यसमा लगातार रुपमा १५ दिनसम्म लागिनै रहन्छन् । र चित्र तयार पार्दछन् । सुरुमा १२ घण्टाभन्दा बढी समय लगाएर एउटा चित्र निर्माण गर्ने गरेको उनले सुनाए । विस्तारै बानि बढ्दै जाँदा उनले दैनिक रुपमा नै धेरै चित्र निर्माण गर्ने गरेका छन् ।
उनले निर्माण गरेका चित्रहरु अहिले स्वेदेशी तथा विदेशीको पहिलो रोजाइमा पर्ने गरेको छ । कसैलाई पनि आफूले गरेको कामले सार्थकता पाउँदा खुसी नहुने भन्ने भएन । यो कुरा मनोजको जीवनमा पनि लागु हुन्छ ।
मेरो कला देखेर अहिले धेरैले प्रसंसा पनि गर्छन् । हाल चित्रकलाको बजारमा राम्रो माग भएकाले उनी निकै खुसी पनि देखिन्छन् । विदेशमा गएर पनि सोचेजस्तो आम्दानी नभए पनि अहिले भने उनलाई सबैले प्रसंशा गर्ने गरेका छन् । जसबाट उनलाई निकै हौसला प्रदान गर्दछ ।
मनोजलाई चित्रकलाबाट आम्दानी त भएको नै छ । त्यसका साथ साथै यो पेशाले सम्मान पनि दिएको छ । मनोजका अनुसार यसमा लागत पनि धेरै लाग्दैन । समय र लागतका हिसाबले किफायति रहेको यो पेशाबाट उनी आफु सन्तुष्ट रहेको बताउँछन् । उनको चित्रकलाको लागि आवश्यक पर्ने कच्चा पदार्थ भनेको गँहुको छवाली हो । जुन गाउँघरमा सहजै उपलब्ध हुन्छ ।
गाउँघरमा खेर गइरहेको छवाली उनको कच्चा पदार्थ हो र त्यसका लागि कुनै पैसा पर्दैन उनले सुनाए । अहिले उनको यो पेशालाई सबैले सम्मान गरिरहेका छन् ।



















