एकैदिन प्रतितोला ४ हजार ३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत २६ बिहीवार ११:०३
1.64K
shares
shares

काठमाडौं, २६ चैत । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य ४ हजार ३ सयले घटेको हो ।
महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ९९ हजारमा कारोबार भएको सुन बिहीवार घटेर २ लाख ९४ हजार ७ सयमा कायम भएको छ ।
त्यसैगरी, बिहीवार चाँदीको मूल्य १५० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ५ हजार २५ मा कारोबार भएको चाँदी बिहीवार ४ हजार ८ सय ७५ रुपैयाँमा कायम भएको हो ।


















