Dhulikhel Eco Banner new

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा इन्द्रकुमार कट्टेल पुनः नियुक्त

1.5K
shares

काठमाडौं, २६ चैत । एक्सेल डेभलपमेन्ट बैंक को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन्। बैंकको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यससँगै उनको दोस्रो कार्यकाल आगामी चैत २९ गतेदेखि सुरु हुनेछ। बैंकका अनुसार उनको कार्यकाल ४ वर्षको रहनेछ।

कट्टेलको पुनः नियुक्तिसँगै बैंकको व्यवस्थापन नेतृत्वमा निरन्तरता आउने अपेक्षा गरिएको छ।