Dhulikhel Eco Banner new

अर्थमन्त्रीविरुद्ध संसदीय छानबिन समिति गठन हुने

3.9K
shares

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संसदीय छानबिन समिति गठन हुने भएको छ । यसका लागि अहिले राजनीति दलहरु छलफमा रहेको र समिति गठनका विषयमा सहमति भइसकेको जनाइएको छ ।

अर्थमन्त्री माथि संसदीय छानविन र राजिनामा दिनु पर्ने मुख्य माग रहेको र यस विषयमा छलफल भइरहेको एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरुले माग राखिरहेका छौँ, सत्तापक्षले मानिरहेको छैन्,’ उनले भने । छानविन समितिका विषयमा सहमति भए पनि राजीनामाका विषयमा निष्कर्षमा पुग्न नसकिएको भट्टराइको भनाइ छ ।

बजेट निर्माणका क्रममा अधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गराएको आरोपमा यतिबेला अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भइरहेको छ । उनीमाथि राजीनामा दिनुपर्ने दबाब बढेको छ ।