Dhulikhel Eco Banner new

नेपालमा बीएआईसी बीजे-३०ई:अफ रोड यात्राको नयाँ अध्याय सुरु

247
shares

काठमाडौं, १४ साउन । अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको बीएआईसी बीजे-३०ई अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ।

बोर्न रग्ड अवधारणामा आधारित यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ–रोड क्षमताको संयोजनका साथ सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।

नेपालमा प्रविधि युक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच बाइक बीजे ३०ई को आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

उत्कृष्ट अफ–रोड क्षमता, स्मार्ट फिचर र आधुनिक प्रविधिसहित यो एसयूभीले नेपालको विकसित हुँदै गएको एसयूभी बजारमा आफ्नो छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ।